६ साउन,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।






