नेपालमा २४४५ कोरोना संक्रमित थपिए, ३२ को मृत्यु

४ साउन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर कुल ११ हजार ६ सय ६४ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छ । यसै गरी आज १ हजार २ सय ५८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ । यसै गरी आज ३२ जना संक्रमितको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।