सपथ लिन शीतलनिवास पुगे देउवा

२९ असार,काठमाण्डौ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपतिले जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा करिब आधा घण्टा ढिला शीतलनिवास पुगेका हुन् ।देउवाले मुख्यसचिवलाई राष्ट्रपतिको विज्ञप्ति नसच्चिए सम्म शपथ ग्रहण नगर्ने जिकिर गरेका थिए । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । अहिले सम्म बालकृष्ण खाँड गृहमन्त्री,जनार्दन शर्मालाई अर्थ र पम्फा भुषाल उर्जामन्त्री हुने चर्चा चलिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।