रवि लामिछानेको अभिव्यक्तिप्रति अनेरास्ववियूको आपत्ति

२९ असार,काठमाण्डौ ।
संचारकर्मी रवि लामिछानेले सर्बोच्च अदालतले नेका सभापती शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि मंगलबार बिहानमा फेसबुकमा लेखेको स्टाट्समा अनेरास्ववियूले आपत्ति जनाएको छ। लामिछानेले फेसबुकमा ‘केरे..केरे..केरे..अदालतको आदेश मान्दिन रे? तिम्रो ‘बा’ को शासन हो र? उनले लेखेका थिए । यसको जवाफमा अनेरास्ववियूका अध्यक्ष ऐन महरले लेखेका छन् ‘ रबि लामिछाने नामको अराजक र ब्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने नै छ । जस्तालाइ त्यस्तै जवाफ र व्यबहार अनेरास्ववियु ले राम्ररी जानेको छ’।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।