शेरबहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त,सपथको तयारी हुदै

२९ असार,काठमाण्डौ ।
पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपती कार्यालयले आजै सपथको तयारी गर्दैछ । देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बनेका हुन् । उनले आजै शपथ लिएपछि काँग्रेस र माओवादीका तर्फबाट केही मन्त्री सामेल गराएर सानो मन्त्रीमण्डल बनाउने भएका छन् ।देउवा यस अघि २०५२ साल, २०५८, २०५९ , २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका थिए ।देउवा मुलुकमा सबै भन्दा बढी प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । उनले यस अघि ज्योतिषिले सात पटक प्रधानमन्त्री हुन्छ भनेर आफूलाई भनेको बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।