काठमाण्डौमा भारी बर्षा

२६ असार,काठमाण्डौ ।
शनिबार काठमाण्डौका बिभिन्न स्थानहरुमा भारी बर्षा भएको छ । बर्षाका कारण नयाँ बानेश्वर लगायतका क्षेत्रमा आवतजावतमा समेत कठिनाइ भएको छ । बस पर्खिरहेका यात्रुहरु भारी वर्षाका कारण निकै विचलित भएका छन् । दिउँसो एक्कासी परेको पानीले बानेश्वर सडकखण्ड जलमग्न भएको छ । सडकमा भारी वर्षा खोला बनेर उर्लेको छ । फोटोःन्युज२४

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।