नेपालमा २९७९ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु

२३ असार,काठमाण्डौ ।
नेपालमा केही दिन यता कोरोना संक्रमण पुनः वृद्धि हुन थालेको छ । बुधबार २ हजार ७७ जना पीसीआर परीक्षणबाटमात्र संक्रमित देखिँदा १३ सय ३३ जनामात्र संक्रमणमुक्त भएका छन् ।यसअघि मंगलबार २६ सय ३४ संक्रमित थपिँदा १५ सय ६५ जना संक्रमणमुक्त भएका थिए भने सोमबार २६ सय २२ जना संक्रमित थपिँदा २२ सय ११ जनामात्र संक्रमणमुक्त भएका थिए ।बुधबार २८ जना मृतक थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमित बढेर २६ हजार ५ सय ४४ पुगेका छन् । अहिलेसम्म ६ लाख १४ हजार ३ सय २७ जनालाई निको भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।