२१ असार,काठमाण्डौ ।
असार ११ गते एकाबिहानै देखि अपहरण परेको भनिएकी चितवनकी सुजिता भण्डारीको शव दुई बुदेँ सहमति सगैँ उठेको छ । ९ दिनपछि आईतबार जंगलमा मृत भेटिएकी भण्डारी शव स्थानियले हत्यारा पत्ता लगाउनुपर्ने मागसहित परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए । थप अनुसन्धान र पोष्टमार्टम गर्न शव भरतपुर अस्पताल ल्याईएको चितवन
प्रहरीले जनाएको छ ।राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, चितवनका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद लामिछाने, चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीसहित, स्थानीय र सरोकारवाला विच दिनभरी भएको वार्ता दुई बुँदे सहमतिसगैँ शव उठाएको हो ।मृतकको शव पोस्टमाटम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने सहमति भएको चितवन प्रहरीले जनाएको छ ।
दुई बुदेँ सहमतिसगैँ अवरुद्ध पूर्व पश्चिम राजमार्ग अहिले पूर्ण रुपमा सञ्चालन आएको छ । प्रहरीले पोष्टमाटमका लागि भण्डारीको शव उठाएर अस्पताल लैजाँदै गर्दा स्थानीयले शवलाई रोकेका थिए । स्थानिय जंगल शव तल लयाएपछि राप्ती नगरपालिका वडा नम्बर ३ स्थित राजमार्गमा स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका थिए । भने दिनभर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
राप्ती नगरपालिका ३ झुरझुरेस्थित घरबाटै ११ देखि सम्पर्कविहीन भएकी २२ वर्षीया सुजिता भण्डारीको शव आइतबार घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो । मृतककी आमा अम्बिका भण्डारीले आफ्नो छोरीको हत्यारा पत्ता लगाइदिन अनुनय गरेकी छिन् ।







