नेपालमा २,३२८ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

१९ असार,काठमाण्डौ ।
नेपालमा आज पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । आज संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८ पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।