१८ असार,काठमाण्डौ ।
अभियन्ता ज्वाला संग्रौला यतिबेला प्रहरी हिरासतमा छिन् । अ’भद्र व्य’वहारको क’सूरमा पक्राउ परेकी उनले सरकारी कागजात कीर्ते गरेको भन्दै प्रहरीले अभियोग थपेको छ । संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजात पनि कीर्ते गरेको प्रमाण फेला परेको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।
अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु प्रमाणीकरण गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण नमिलेको प्रहरीले बताएको छ ।संग्रौलाका कागजात प्र’माणीकरणका लागि प्रहरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो । तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएपछि की’र्ते अभियोग लागेको हो ।
प्रहरीको अनुसार ज्वालाले हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस) बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन् । प्रहरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा उनले कीर्ते गरेको पाइएको बतायो । यस विषयमा गाउँपालिकाले समेत प्रहरीलाई कागजात प्रमाणीकरण हुन नसकेको भनेर पत्र लेख्ने भएको छ । उक्त पत्र आएपछि प्रहरीले संग्रौलावि’रुद्ध कीर्तेमा समेत मु’द्दा दर्ता गर्ने तयारी गरेको छ। संग्रौलाले प्रहरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिका छन् ।
ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका छन् । जबकि त्यसअघि नै गाविस खा’रेज भएर गाउँपालिका भइसकेको थियो । प्रहरीलाई यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियो ।संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरीको भनाइ छ ।उनका पति हिमाल उपाध्यायले नाता प्रमाणीकरणको पत्र की’र्ते गरेको प्रहरीको भनाइ छ । यसले उनका पति पनि की’र्तेमा ता’निनसक्ने बुझिएको छ ।








