कांग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको कार दुर्घटनामा मृत्यु

बुटवलः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीका भाई शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो ।लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेका अनुसार अन्दाजी ५०/५२ वर्षका भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो ।

दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । आज साझँ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक भण्डारीको भोली दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिने बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।