नेपालमा १०२० कोरोना संक्रमित थपिए,३४ जनाको मृत्यु

१३ असार,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा एक हजार २० जना कोरोना संक्रमित थपिएका छन् । भने,३ हजार ७ जना निको भएका छन् । पछिल्लो समय निको हुने दर बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । यसै गरी आज ९ हजार ८३६ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा १०२० जना संक्रमित थपिएका हुन् ।यो सँगै कुल संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ ।यसै गरी २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।