प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहितको समुह पक्राउ

६ असार,काठमाण्डौ ।
प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने आफुलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला सहित उनको ५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला नामले चिनिने टिका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । टेकुस्थित प्रहरी परिसरको गेट बाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।उनीहरुमाथि अभद्र ब्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो । संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् । सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए । रंगभेदी अभिब्यक्तीकै कारण अहिले संग्रौलाको ब्यापक रुपमा आलोचना समेत भएको छ ।Photo: Jwala Sangraula facebook

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।