पुरानै नक्सा छापेर विक्री भईरहेका पुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन

२६ जेठ,काठमाण्डौ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको सबै पुस्तक जफत गर्न निर्देशन दिएका छन् । गत वर्ष संसदले भारतले कब्जा गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा पारित गरेको थियो । तर केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई हदै सम्मको कार्बाही गर्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।‘तपाईंहरूले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठले भने ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।