नेपालमा ५३१६ जना कोरोना संक्रमित थपिए,१०१ जनाको मृत्यु

१९ जेठ,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेको कुल संख्या ५ हजार ३ सय १६ जना रहेको छ भने निको हुनेको संख्या ७ हजार २ सय १९ जना रहेको छ । आज १६ हजार ८ सय ७८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको छ ।यसै गरी हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना पुगेको छ । यसै गरी आज १ सय १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार ५ सय ५५ जना पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।