कोरोना संक्रमितको मृत्यु पछि आफन्तले भेरी अस्पतालका डाक्टर-नर्स कुटे

१४ जेठ,काठमाण्डौ ।
दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले भेरी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी माथि आक्रमण गरेका छन् ।जेठ ४ देखि उपचाररत ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गए राति मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मी माथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्ष समेत तोडफोड गरेका छन् ।घटनामा एक जना डाक्टर र चार नर्सहरु घाईते भएका छन् । ड्युटीमा खटिएका बेला आफूमाथि हातपात सुरु भएपछि अस्पताल भित्र स्वास्थ्यकर्मीको भागाभाग भएको नर्सिङ अधिकृत शिला शर्माले बताइन् । आक्रोसित भीडले कुटपिट गर्न थालेपछि कतिपय श्वास्थ्यकर्मी आफ्नै ज्यान बचाउन शौचालयमा पसेर लुकेका थिए ।

स्रोतका अनुसार मृतकका भाई नेकपा एमालेका नेता भएको र उनले दाजुको भर्ना भएदेखि नै केपीशर्मा ओली र मुख्यमन्त्री ईश्वर पोख्रेलको नाम लिने गरेका र मृत्यु भएपछि उनले गुण्डाहरु बोलाएर स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेका हुन् । घटनामा संलग्न तीन जनालाई प्रजरीले पक्राउ गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।