नेपालमा कोरोना संक्रमित घट्दै,आज १४५ जनाको मृत्यु

१२ जेठ,काठमाण्डौ ।
नेपालमा आज कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यसै गरी आज ६ हजार ७ सय १६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । त्यस्तै यस अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ । पछिल्लो समय संक्रमितको मृत्यु हुने क्रम भने बढेको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।