११ जेठ,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । २२ हजार ९ सय ३६ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।
त्यस्तै आज ६ हजार ४ सय ४ जनाले कोरोना जीतेर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ४ हजार ८सय ८७ पुगेको छ । यसै गरी आज १ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ६ हजार ७ सय पुगेको छ ।