पाल्पाको जोर्तेमा मालबाहक ट्रक दुर्घटना भयको हो । विहान करिब पौने छ बजेतिर बुटवल बाट तम्घास तर्फ आइरहेको ना २ ख ९५८२नको ट्रक रिब्दिकोट गाउ पालिका वडा न २ जोर्तेमा दुर्घटना ग्रस्त भएको हो ।
ट्रकमा चालक सहित २ जना रहेका थिए २ जनालाई नै प्रहरी चौकी अर्गली पाल्पाले उद्दार गरि युनाइटेड मिसन अस्पताल पठाएको प्रहरीले जनायको छ । घाइते हुनेहरुमा चितवनका अन्दाजी बर्ष ४५ का चालक हिरलाल चौधरी , र सोही जिल्लाका अन्दाजी बर्ष २८ का सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनायको छ।
घाइते मध्य चालक चौधरीलाइ हात खुट्टा मुख तथा सरिरमा चोटपटक लागेको छ भने सहचालक सिकारामलाइ हातमा चोट लागेको छ। दुर्घटना ब्रेक नलागेर भएको प्रहरीको भनाइ रहेको छ।








