नेपालमा थप ९२४७ संक्रमण पृष्टि २१४ को मृत्यु

३ जेठ,काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्ला २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको थियो ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।