‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको सपथ बदर गराउन सर्वोच्चमा रिट

२ जेठ,काठमाण्डौ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ बदर गरउन भन्दै सर्वोच्चमा दुई वटा रिट परेको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ असंवैधानिक भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट दर्ता गराउनु भएको हो । शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार गरेका थिए ।‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए । त्यसक्रममा ओलीले “त्यो पर्दैन” भनेर राष्ट्रपतिलाई जवाफ दिएका थिए । त्यसक्रममा राष्ट्रपति हाँस्नुभएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।