नेपालमा २४ घण्टामा थप १८७ जनाको मृत्यु

१ जेठ, काठमाडौं ।
कोरोना भाईरसको संक्रमणबाट नेपालमा बितेको २४ घण्टामा थप १ सय ८७ जनाको मृत्यु भएको छ भने ८ हजार १सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । शनिबार १८ हजार ५४८ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।हालसम्म ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।