नेपालमा एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारीमा सरकार

२७ बैशाख,काठमाण्डौ ।
दिनप्रति दिन कोरोनाभाईरसको संक्रमण बृद्दी संगै मृत्युदर समेत बढेको छ । सोमबार मात्रै १ सय ३९ जनाको मृत्यु भएसंगै एक महिना सम्म स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी रहेको बुझ्नमा आएको छ । सरकारले संकटकाल लगाउने सन्दर्भमा राष्ट्रपतिलाई समेत सिफारिस गरिसकेको छ । शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।