गुल्मीमा चट्याङ लागेर ९ जना घाईते

गुल्मी, बैशाख २४ ।
गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगर सहित उनका परिवारका ७ जना घाईते भएका हुन् ।

बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर सगैं उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घाईते भएका हुन् । त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घाईते भएका छन् ।

घाईते मध्ये करिष्माको अवस्था अत्यन्तै गम्भी रहेको बताईएको छ । त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको छ।

त्यस्तै अन्य घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ । चट्याङले घरमा समेत क्षति पुगेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।