दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री !

१६ बैशाख,काठमाण्डौ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरेका छन् । गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘ दीपक मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।नवनियुक्त मन्त्री गुरुङको केहीबेरमा नीति तथा योजना आयोगको सभाहल पोखरामा सपथ लिने भएका छन् । मनाङे मन्त्री भएसँगै गण्डकी प्रदेश सरकारको पक्षमा २८ मत पुगेको छ । ६० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ सांसद्को मत आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।

बुधबार हुने भनिएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा राजीव गुरुङ उपस्थित थिएनन्। उनीसहित राष्ट्रिय जनमोर्चाको सांसद् खीमविक्रम शाही अनुपस्थित भएपछि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित नहुने भएपछि जनमोर्चाले संसद् बैठक स्थगित गर्न माग गर्दै सभामुखलार्ई पत्र बुझाएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।