वैशाख १४, काठमाडौँ ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री रायमाझीसहित परिवारका सदस्य र सचिवालयका केही सदस्यमा सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । स्वकीय सचिव लीला जीसीका अनुसार मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि अस्पतालमा भर्ना गरिएको हो ।







