बैशाख १३ काठमाण्डौ । कोरोनाको दोश्रो लहर तीव्र भएपछि यसको नियन्त्रणका लागि के गर्ने भन्ने निर्णय गर्न आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रीपरिषद बैठक बोलाइएको छ ।
बैठकमा तीव्र गतिमा फैलिइरहेको कोरोना नियन्त्रण तथा रोकथामका उपायहरुको विषयमा छलफल भई निश्कर्ष आउने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले कम्तीमा ३ साता देशव्यापी लकडाउन गर्नुपर्ने निश्कर्षसहितको सिफारिस मन्त्रीपरिषदलाई गरेको थियो । तत्काल देशव्यापी लकडाउन नगर्ने हो भने तराईमा ५०० बढी र पहाडमा २०० बढी सक्रिय संक्रमित भएमा त्यस्ता क्षेत्रमा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव दिएको थियो ।








