नेपालमा कोरोना आक्रमक बन्दै २४ घण्टामा ११ जनाको मृत्यु

७ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोना भाईरसको दोस्रो लहर ब्यापक रुपमा आक्रमक बनेको छ । बितेको २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५ पीसीआर परीक्षणमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ गरी १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।