अबदेखि मास्क नलगाए गाडी चढ्न नपाइने, बढी यात्रु बोके कारबाही

काठमाडौंः अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संचारमन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सवारी साधनमा मास्क नलगाए चढ्न नदिने, मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने तथा सिट क्षमता भन्दा बढी यात्रु बोके कारबाही हुने जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।