बैशाख ६ काठमाडौँ
कोरोना संक्रमण बढे पछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । 
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।
त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय बैठकले गरेको छ ।
यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो ।







