पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

२९ चैत्र,काठमाण्डौ ।
नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनबाट विपुल पोखरेल निर्वाचित भएका छन् । महासंघमा पहिलोपटक भएको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पोखरेल निर्वाचित भएका हुन् । महासंघको केन्द्रीय कार्यालयमा मत रुजू गर्ने काम भइरहेको छ । पदाधिकारीमा पोखरेलकै प्यानलले जितेको छ । त्यस्तै, तीनजना केन्द्रीय सदस्यबाहेक पोखरेलकै प्यानलले विजय हात पारेको छ ।प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह) सहितका ११ संगठनको गठबन्धन बनाएर पोखरेलको नेतृत्वमा निर्वाचन भएको थियो । प्रेस चौतारीको नेतृत्वमा ९ संगठन मिलेर बनेको गठबन्धनको अध्यक्षका उम्मेदवार निर्मला शर्मा पराजित बनेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।