नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमणमुक्त

१८ चैत्र,काठमाण्डौ ।
नेपालमा थप एक सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १९ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ६२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ला७ हजार तीन सय नौ पुगेको छ । नेपालमा आज एक हजार चार सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ५९ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ७२ हजार सात सय ८६ पुगेको छ ।कोरोनाले बुधवार थप कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ३० रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।