सवारी लाइसेन्समा नयाँ नियमः ट्रायलमा ७० अंक ल्याए पुग्ने

काठमाडौंः आगामी जेठ १ गतेबाट दुईपांग्रे सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो। मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा ट्रायलमा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ।

नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेडका सवारीसाधनको प्रयोगात्मकसहित लिखित परीक्षामा पनि केही फेरबदल गरेको छ। उक्त कार्यविधि निर्देशिका २०७७ अनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिने प्रयोजनका लागि आफैँले सवारीसाधनको व्यवस्था गर्न सक्नेछन्।  तर मोटरसाइकल वा स्कुटर पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सीसीको, ह्विल बेल कम्तीमा १२ सय मिमि भएको हुनुपर्नेछ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।