१० चैत्र,काठमाण्डौ ।
गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन् । आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताएकी हुन् ।सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै
कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन् ।‘बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भने, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन । हामीले पनि सोसल मिडियामामार्फत् थाहा पाएका हौं हमालले बताईन् । File Photo







