राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जाँदै

९ चैत्र,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बंगलादेश प्रस्थान गर्ने भएकी छिन् । उनी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने तयारी भएको छ । दुई दिने भ्रमणका क्रममा दुई देशबीच केही सम्झौताहरुमा हस्ताक्षर हुने बुझिएको छ । उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिईन् । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ बजे काठमाडौं फर्कने उडान तालिका छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।