लाहानको मालपोत कार्यालयमा बम विस्फोट

१ चैत्र, लाहान।सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

कार्यालयको प्रांगणमा भएको सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए ।

विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । अरुदुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।