काठमाडौंः प्रतिनिधिसभा बैठक शुरू भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड(माधव पक्षका सांसदहरुले उठेर विरोध जनाएका छन् ।
सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न शुरू गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको खरो विरोध गरेका छन् । उनले प्रधानमन्त्री कुन सरकारको हो र कसले बनाएको भन्दै प्रश्न चिन्ह खडा गरेका छन् ।
सभामुखको अनुरोधलाई लत्याउँदै उनले वर्तमान सरकारको कुनै वैद्यता नभएको भन्दै आधार गुमाएको सरकारले गरेका कुनै निर्णय मान्य नहुने बताए ।







