ओली समूहको प्रमुख सचेतकमा भट्टराई

काठमाण्डौं: नेकपा ओली समूहले प्रतिनिधि सभामा प्रमुख सचेतकमा सांसद बिशाल भट्टराईलाई चयन गरेको छ ।

उक्त दलका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

यस अघि देब गुरुङ प्रमुख सचेतक थिए । गुरुङ अहिले प्रचण्ड नेपाल समूहमा छन् ।
बिशाल भट्टराई खोटाङबाट तत्कालीन एमालेबाट निर्वाचित सांसद हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।