२४ घण्टामा थपिए ९४ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज

२४ घण्टामा थपिए ९४ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज१२ फागुन काठमाण्डु,नेपालमा आज मात्र ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ७६० पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०६६ रहेको छ ।

देशभर आज सक्रिय संक्रमित १ हजार ५ सय ५५ छ भने क्वारेन्टिनमा जम्मा ६३ जना मात्र छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।