थप ८ हजार ८५०  जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु भएको छ। 

काठमाडौं– नेपालमा थप ८ हजार ८५०  जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी  १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। 

यस्तै, देशका विभिन्न ठाउँमा ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ। 

यता कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ। 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६८४ पुगेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।