नेकपा ओली समुहले बोलायो स्थायी कमिटीको बैठक

१२ फागुन, काठमाडौं।नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।