नेपालमा आज थपिए १२२ संक्रमित, १४४ जना डिस्चार्ज

३ फागुन। नेपालमा आज मात्र १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०५५ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित १ हजार ५ सय ८१ छ भने क्वारेन्टिनमा जम्मा ७९ जना मात्र छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।