१६ दिन देखी सम्पर्कविहीन एक युवकको शव जंगलमा फेला

राप्ती: राप्तीस्थित जंगलभित्र एक युवकको शव फेला परेको छ ।

राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका २८ वर्षका हेमराज खत्री मृत अवस्थामा फेला परेका हुन्। खत्री माघ १४ गतेबाट सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। राप्ती सोनारी गाउँपालिका–५ बिनौनास्थित टडुवाको जंगलमा शव फेला परेको हो। टडुवा गाउँका स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला बेवारिसे मोटरसाइकल देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।