काठमाण्डाै। बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थियो।
‘शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेल लगायतबाट आफूहरु घटनाको एकदमै नजिक पुगेका छौँ,’ बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ।’ भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भएपनि सामूहिक बलात्कार हो होइन भन्ने पुष्टि हुन सकेको छैन। भागरथीको भजाइनल स्वाब सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले रिपोर्टपछि मात्रै सामूहिक बलात्कार हो कि होइन त्यो खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ।
उनले भने, ‘घटनास्थलमा भेटिएका प्रमाण पनि प्रयोगशालामा पठाएका छौँ, त्यसबाट थप कुरा थाहा हुन्छ।’ घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ। उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन्।
घटनाको नौ दिन बितिसक्दा दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन्। गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो। जिल्लामा गठन गरिएको संघर्ष समितिका आन्दोलनका कार्यक्रम पनि जारी छन्। हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भट्टको न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताए।
घटनाको नौ दिन भएपनि भागरथीको दाहसंस्कार हुन सकेको छैन। शनिबार शव परीक्षण सम्पन्न गरिएको भएपनि आफन्तले अझै शव बुझ्न नमानेका हुन्। घटनाको सत्य तथ्य छानविन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए। अस्पतालमा शव सुरक्षित राख्ने‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए। ‘मर्चरी नहुँदा हाल आइसमा राख्ने गरेका छौँ,’ उनले भने, ‘मर्चरी मगाउने पहल गरेका छौँ तर प्रदेशमै मर्चरी छ







