२९ माघ,काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी) (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दफा ५८ अनुसार प्रहरीले रामकुमारी झाक्रीलाई गिरप्तार दुई जना महिला प्रहरीसहित सादा पोशामा झाँक्रीलाई पक्राउ गर्न उनको घरमा पुगेको थियो । नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुगेपछि नेकपाका नेता कार्यकर्ताले ‘रामकुमारी झाँक्री हाई हाई, केपी ओली बाई बाई’ भन्ने नारा
लगाइरहेका छन् ।पक्राउ गर्न प्रहरी घरमै पुगेपनि नेतृ झाँक्रीले पत्रकार सम्मेलन गरेकी छन् । पत्रकार सम्मेलनका क्रममा झाँक्रीले प्रहरीले सुोधपुछका लागि बोलाएको जानकारी दिएकी छन् । नेतृ झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।






