हिमनदीको बाढीमा परेर मृत्यु हुने १० नेपालीको शब पहिचान

२८ माघ,काठमाण्डौ ।
भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर मृत्यु भएका मध्य १० जना नेपालीको शब पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली पनि वेपत्ता भएका थिए । मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० नेपालीको पहिचान गरिएको बताईएको छ । उनीहरु कर्णाली प्रदेशको कालिकोट र जुम्लाका भएको पाईएको छ । ‘उनीहरु नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । यो पाकृतिक विपत्तीमा परी ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । अझै १ सय ७५ जना हराइरहेका छन् ।

उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।