नेपालमा थप ९९ जनामा कोरोना पुष्टी

२४ माघ,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ९९ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । यस्तै, ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।