२३ माघ,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूहरुले गरेको सभा ईतिहासकै सबै भन्दा ठूलो भएको दाबी गरेका छन् । आज ओली समुहले नारायणहिटी दरबार अगाडी आयोजना गरेको जनसभालाई संवोधन गर्दै ओलीले अब को सक्कली र को नक्कली पार्टी ? भन्ने कुरा स्पष्ट भएको बताए ।आफूहरु नै अब मुल नेकपा भएको पनि ओलीको दाबी छ । उनले आफ्नै नेतृत्वको सरकारले तीन वर्षमा
डबल लेनको ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको, ४ सय वटा पुल बनाएको जस्ता थुप्ै विकासका काम गरेर समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न लागेको बताए ।उनले आज पनि नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेर भन्दा ब्यग्य गरिए पनि अहिले गरीबलाई माया गर्ने, जनतालाई माया गर्ने सरकार भनेको आफ्नो सरकार भएको दाबी गरे । आफू प्रधानमन्त्री भए पछि चीनसँग पारवहन सन्धी गरेको, भारतसगँ विभिन्न सहमति गरेको, हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा पुर्याएको पनि उनले दाबी गरे ।
अब नेपालमा केही दिन पछि नै रेल सञ्चालन गर्ने पनि प्रधानमन्त्रीले बताए । केरुङ एक घण्टामै पुग्न सक्ने गरी टोखा छहरे सुरुङ खन्न लागिएको भन्दै चौतर्फी रुपमा विकास आफूहरुले अगाडी बढाएको बताए ।अब हाम्रा युवाहरु विदेश जानु नपरोस् भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु गरिएको उनले बताए ।प्रचण्डले जनवाद आउने सुन्दर सपना बाँडेर लडाएका लडाकुहरु आज पीडित भएको भन्दै ओलीले द्धन्दकालमा पीडित भएका सबैलाई हेर बिचार गर्नका लागि सरकारले कमिटि बनाएर काम गरीरहेको बताए ।
देशलाई समृद्ध बनाउन र भ्रष्टाचारमुक्त बनाउन आफूले अभियान चलाए पछि जनतालाई भ्रममा पारेर देशलाई अन्यत्र मोड्ने प्रयास भएको भन्दै अब अलमलिएका सबैलाई गोलबद्ध हुन अपील गरे । देशको सीमाना बचाउन संविधान संशोधन भए लगत्तै आफूलाई पदबाट हटाउने षड्यन्त्र भएको भन्दै प्रचण्ड माधव समुहलाई दुई चार जनाले पार्टी छाडेर गएको टिप्पणी गरे । ती बाहिर गएका दुईचार जना मान्छे हुन्जेल संवैधानिक आयोगहरुमा नियुक्त हुन नसकेको उनले बताए ।








