काठमाण्डौमा राति सेनाका बख्तरबन्द गाडीको मार्चपास

२० माघ,काठमाण्डौ ।
चक्रपथमा गत राति नेपाली सेनाका बख्तरबन्द गाडीहरुले मार्चपास गरेका छन् । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । राती१० बजे पछि मार्चपास गरिएको थियो । यस चक्करमा सेनाका दर्जनौ बख्तरबन्द गाडीहरु सामेल थिए ।माघ १९ मै २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकाले पनि सो दिनमा सेनाले गरेको अभ्यासलाई कतिपय मानिसले आश्चर्य मानेका छन् । यद्यपि, यो मेकनाईज्ड युनिबाट हुने नियमित अभ्यास भएको सैन्य प्रवक्ता सन्तोष पौडेलले अघिल्लो दिन ट्वीटर मार्फत जानकारी दिएका थिए । यसै गरी भोली उपत्यका बाहिर रहेका पृतनाहरुले सडकमा बख्तरबन्द गाडीहरुको प्रदर्शन गर्ने पनि तयारी भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।