१४ माघ,काठमाण्डौ ।
नेपालमा आज २८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४३८२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । यसै गरी २४ घण्टामा २४६ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ । अब सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेका छन् ।






